१३ कार्तिक २०८३, शुक्रबार

राउण्ड टेबल नेपालद्वारा निर्माण भएको ४ वटा कक्षा कोठा हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । राउण्ड टेबल नेपाल, वीरगञ्जस्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षा कोठा हस्तान्तरण गरिएको छ ।

वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको हो । यी ४ नवनिर्मित कक्षा कोठाबाट विद्यार्थी लाभान्वित हुनेछन् ।

विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

चेत्र ६ २०७८, आइतबार राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा विगत तीन महिना पहिला विद्यालयमा २६ लाख बराबरको भौतिक पुर्वाधार निर्माण गर्ने आफूहरुको आयोजनाअन्तर्गत आज ४ वटा कक्षा कोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटी, आदि सहित निर्माण गरी हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका सदस्यले बताए ।

राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ ।

संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकताअनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।

खोलिएका विभिन्न स्वास्थ्यचौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफलाइनअन्र्तगत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।