१३ कार्तिक २०८३, शुक्रबार

चैत १८ देखि २० गतेसम्म प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ देखि २० गतेसम्म भारतको ३ दिने भ्रमणमा जाने भएका छन् ।

देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा सपत्नी तथा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारत जान लागेका हुन् ।

प्रधानमन्त्री भएपछिको यो देउवाको पहिलो औपचारिक विदेश भ्रमण हो ।

भारत भ्रमणमा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति र भारतीय समकक्षीसँग भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवा उत्तर प्रदेशको वरानसी पनि जाने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।