६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा/उपशाखा संचालनमा रहेको छ भने तिन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।

कम्पनीले आउने आषाढ भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई विक्रि गर्ने गरी तैयारी गरिरहेको जानकारी गराएको छ ।