
काठमाडौं, १४ चैत । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ को मिति सरेको छ ।
यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना गर्ने भनिएको एक्स्पो अब चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । १८ गते घोडेजात्रा परेकाले एक दिन पर सारिएको आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले जानकारी दिएका छन् ।
चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो शुरू गर्न लागिएको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘नेपालको जलविद्युत्को बजारीकरण’ भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको उनले बताए ।
एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पुर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि शुरू गर्न लागिएको बताए ।















प्रतिक्रिया