१३ कार्तिक २०८३, शुक्रबार

म्यादी प्रहरीमा तीन लाखले दिए आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग भएकोमा करिब ३ लाखले आवदेन दिएका छन् ।

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह चुनावका लागि २ लाख ९३ हजार २ सय १६ जनाले म्यादी प्रहरीमा आवेदन दिएका हुन् ।

७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत माग गरिएको करिब तेब्बर संख्यामा आवदेन परेको छ ।

प्रहरी प्रधान कार्यालयले यही चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीमा आवेदन माग गरेको थियो ।