
काठमाडौं, १३ चैत । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरू नेपाली बजारमा विक्रीवितरण शुरू भएको छ ।
काठमाडौंको नक्सालस्थित सोरुममा शुक्रबार उक्त इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको उद्घाटन गरिएको छ । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा विक्रीवितरण शुरू गरेको हो ।
भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ । भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडीसीका संस्थापक करनाकर रेड्डीले बताए ।
नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारिक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरूको विक्रीवितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताउनुभयो । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युत्ले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।

यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ ।
हाम्रा उत्पादनहरू स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरू पर्नेमा हामी विश्वस्त छौं । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिएको छ ।
विद्युतीय सवारी साधनको प्रयोग बढाउन कुलमान घिसिङको आग्रह
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । ओडीसीका विद्युतीय मोटरसाइकल र स्कुटरहरु नेपालमा सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सो कुरा बताएका हुन् ।
विद्युतीय सवारी साधानको प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको समेत बताएका छन् ।















प्रतिक्रिया