– सुशिल नेपाल
पाल्पा, ९ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले चालु आर्थिक बर्षको चैत मसान्तसम्म ९ महिनामा कुल ४९ लाख १७ हजार ८ सय रुपैयाँ राजस्व उठाउन सफल भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङघन गरी सवारी चलाउनेबाट उक्त रकम उठाउन सफल भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार १ हजार २ सय ट्रकबाट २ लाख २५ हजार, ४ हजार २ सय ३० बसबाट १३ लाख ८२ हजार २ सय, ४ हजार ३ सय २७ जीप कार तथा भ्यानबाट १० लाख ५३ हजार ३ सय, २ हजार १ सय ८१ टेक्टरबाट ४ लाख ५६ हजार ७ सय र ४ हजार ७ सय ९१ मेटरसाइकल बाट १७ लाख ४३ हजार १ सय रुपैँया उठाएको छ ।
कुल १६ हजार ८ सय सवारीसाधनबाट उक्त रकम उठाएको प्रहरी हवल्दार कुल प्रसाद श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तानसेन आसपास लगायत हार्थोक, आर्यभज्याङ, छहरा, अर्गली लगायतका स्थानमा सवारी साधन चेकजाँचमा सक्रियता बढाएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख खेमानन्द काफले्ले बताए ।
त्यस्तै मापसे गरि सवारी चलाउने १ सय ६४ जनाबाट थप १ लाख ६४ हजार समेत उठाएको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष मापसे गरी सवारी चलाउनेको संख्या भने बढेको पाइएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७०/७१ को १२ महिनामा जम्मा १ सय २९ जना मात्र मापसे कारवाहीमा परेकोमा यस आर्थिक बर्षको ९ महिनाको समयमा नै १ सय ६४ जना मापसे कारवाहीमा परेका छन् ।
















प्रतिक्रिया