२९ आश्विन २०८३, बिहिबार

जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान वृत्तिको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । 090630074635_mountain_226 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान वृत्तिको घोषणा गरेको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान गरिन लागेकाले नास्टले इच्छुक निवेदकलाई अनुसन्धानका लागि पूर्ण प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर देखिइरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन नसकेको भन्दै यसका नकारात्मक असर न्यूनीकरणका लागि अनुकूलन कार्यक्रम ल्याउन उक्त अनुसन्धान उपयोगी हुने बताइएको छ ।

कार्यक्रमका लागि एडिबीले पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ । यसबाट ३५ देखि ४० वटा अनुसन्धान गराइने जनाइएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिरहेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–कस्ता नीति बनाउन सकिन्छ भनेर नीति निर्माण तहमा योजना बनाउन अनुसन्धान कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आज यहाँ आयोजित कार्यक्रममा नास्टका उपकुलपति प्राडा सुरेन्द्रराज काफ्ले, प्राज्ञ डा फणीन्द्रप्रसाद न्यौपाने, सचिव डा प्रकाशचन्द्र अधिकारीलगायतले भौतिक निर्माण एवम् सहरीकरण, जलस्रोत एवम् ऊर्जा, वन तथा जैविक विविधता, कृषि तथा खाद्य सुरक्षा, जनस्वास्थ्य जस्ता विषयलाई जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो । सो कार्यक्रम ३३ महिना चल्नेछ ।