बाबियाचौर (म्याग्दी), ९ वैशाख । म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानीको गत वर्ष सत्ताइस हजार ७०३ जना बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
घार गाविस–१ मा अवस्थित घोरेपानीको गत वर्ष सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार १०६ जना पर्यटकले भ्रमण गरेका थिए । २०७० मा २७ हजार ५२३, २०६९ मा २९ हजार ५४० र २०६८ मा २३ हजार ७५६ जना पर्यटकले भ्रमण गरेको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी सहायक निरीक्षक हेमबहादुर कुमालले बताए । कार्यालयले घोरेपानी भित्रने र बाहिरिने पर्यटकको विवरणसहितको तथ्याङ्क राख्ने गरेको उहाँले बताउनुभयो ।
वैशाख, असोज, कात्तिक र चैत महिना मुख्य पर्यटकीय सिजन मानिन्छ । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे्र, मनास्लुलगायत करिब ३० वटा हिमशृङखला र सूर्योदयको दृष्य अवलोकनका साथै मगर सङ्ग्रालय घोरेपानीका मुख्य पर्यटकीय आकर्षण हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)मा पर्ने घोरेपानी घुम्न अमेरीका, बेलायत, जर्मन, अस्टे«लिया, भारत, दक्षिण कोरीया, चीन, मलेसिया, थाइल्याडलगायत देशका नागरीक आउने गरेको होटल व्यवसायी सङ्घका उपाध्यक्ष टेकसर बुद्धुजा पुनले बताउनुभयो ।
घोरेपानी समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाईमा अवस्थित छ । रासस















प्रतिक्रिया