
काठमाडौं, ११ चैत। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेशमा पहिरो गएको छ।
एमालेविरुद्ध आगो ओकलिरहेको नेकपा एकीकृत समाजवादको उक्त प्रदेशका सचिव गोविन्द महतसहित सयौं विद्यार्थीहरू एमालेमा फर्किएका छन्।
माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियताले जलेकोे र एकीकृत समाजबादी पार्टी न भएर कुन्ठा पोख्ने ठाउँ भएको ठहर गर्दै गण्डकी प्रदेशमा ठूलो संख्यामा विद्यार्थी नेता कार्यकर्ताले समाजवादी त्यागेका हुन्।
अनेरास्ववियु गण्डकी प्रदेश कमिटीका संयोजक प्रकाश पौडेलले एकीकृत समाजवादीको विद्यार्थी सङगठन प्रदेशमा शून्य बनाइदिने बताएका छन् ।
शुक्रबार तनहुँमा उक्त संगठन का प्रदेशका पदाधिकारी, विभिन्न जिल्ला कमिटी अनेरास्ववियुमा बृहत प्रवेश कार्यक्रम मार्फत समायोजन हुने बताइएको छ। उक्त कार्यक्रमलाई नेकपा एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ।
समाजवादी त्याग्दै अनेरास्वविुूका प्रदेश सचिव गोबिन्द महतले भ्रमको बाटोमा नभुलिन विद्यार्थीलाई आह्वान गरेका छन्। नेकपा एकीकृत समाजवादी एउटा भ्रमको बाटो रहेकाले मूलधार नेकपा एमालेमा फर्किन उनको आह्वान छ।











प्रतिक्रिया