३ मंसिर २०८३, बिहिबार

कांग्रेसको मुस्लिम संघ परित्याग गरी सिमरा–२० का वडाध्यक्ष एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत। नेपाली कांग्रेसबाट बाराको सिमरा उपमहानगरपालिका वडा नं २० का वडा अध्यक्ष बिजयी रसुल मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले बालकोटमा उनलाई स्वागत गरेका हुन्।। काँग्रेसका पुराना नेता मियाँ काँग्रेसको वडा समितीका सभापति पनि हुन्।

काँग्रेस निकट मुस्लिम संघका केन्द्रीय सदस्य पनि हुन्। यस्तै, कान्तिपुर पब्लिकेसन कर्मचारी यूनियनका पूर्व उपाध्यक्ष प्रदिप कुमार यादव पनि एमाले प्रवेश गरेका छन्। अध्यक्ष ओलीले मियाँ र यादवलाई खादा लगाएर एमालेमा स्वागत गरेका हुन्।