१३ कार्तिक २०८३, शुक्रबार

नेपाल आउन उत्साहित छुः सलमान खान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल छलफल भएको छ ।

मन्त्री ओलले खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

वुधबार भएको भर्चुअल संवादमा मन्त्री आलेले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरेका थिए ।

जवाफमा सलमानले नेपाल सुन्दर देश भएको भन्दै पर्यटन प्रवर्द्धनमा आफूले सक्ने सहयोग गर्ने बताए ।

आफू आगामी जेठ १४ गते नेपाल आउन उत्साहित भएको जनाएका छन् ।