१३ कार्तिक २०८३, शुक्रबार

थप ३८ जनामा कोरोना पुष्टि, २६९ जना निको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । नेपालमा कोरोना संक्रमणदर घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ३८ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा थप २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६३ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।