
काठमाडौं, ९ चैत। कार्की ब्याङ्क्वेटमा नेकपा एमाले केन्द्रीय कमिटीको बैठक भित्र चलिरहँदा बाहिर समाचार र तस्बिर कैद गर्न पुगेका दुई पत्रकारबीच ठोकाठोक भएको छ।
१२खरी अनलाइनका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच हानाहान भएको हो। उनीहरूलाई पत्रकार विनोद थापा छुट्याउन पुगेका थिए। तर रोकिएनन्।
दुवैबीचको हानाहान छुट्याउन प्रहरीलाई समेत हम्मे–हम्मे परेको थियो। हरिशले श्यामलाई पागल भनेका कारण हात हालाहाल गरेको स्वीकार गरेका छन्।
यसअघि पनि दुवै जनाको बादविवाद भएको थियो। सिंहदरबारमा पृथ्वी जयन्तिका दिन तस्बिर लिन छेकेको भनी विवाद भएको बताइएको छ। बुधबारको हानाहान भने सामाजिक सञ्जालमा भाइरल नै बनेको छ।











प्रतिक्रिया