
काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रवेश समारोहमा पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई स्वागत गर्दै अध्यक्षले ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका हुन् ।
उनले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताए ।
‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।
‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस्’ ओलीले भने ।












प्रतिक्रिया