
काठमाडौँ, ८ चैत । धादिङमा आधा शरीर जलेको अवस्थामा महिलाको शव फेला परेको छ । धुनिबेशी नगरपालिका-२ सेरोफाँटकी ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा सोमवार राति मृत अवस्थामा फेला परेकी हुन् ।
अर्ध शरीर जलेको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी जीवनपुर र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली खटिएको थियो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया