१३ कार्तिक २०८३, शुक्रबार

एमाले प्रवेशको लहर देशैभर, रुपन्देहीमा सयौँ एमालेमा समाहित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेको लहर देशैभर उत्साहजनक रहेको छ ।

यही क्रममा रुपन्देहीका दुई पालिकाहरु रोहिणी र ओमसतिया गाउँपालिकाका निर्वाचित अध्यक्षहरु सोजकुमार यादव र हिरा केवट एमालेमा प्रवेश गरे यता आएको प्रवेशको लहर मायादेवी हुँदै समरीमाईसम्म पुगेको छ ।

आइतबार भारतसँगको सिमानामा पर्ने समरीमाई– २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाका रजमन्ता कहाँर, साधु देवान, राजमति कहार, परशुराम हरिजन, अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजनसहित ६० जना एमाले प्रवेश गरेका छन् ।

यसैगरी वडा नं ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २ सय ९ जना एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुलाल यादव, सांसद सुनिता ठटेरलगायतले अवीर र खादा लगाएर स्वागत गरेका थिए ।