१३ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जका थप दुई वडाध्यक्षसहित दर्जनौँ एमालेमा प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । वीरगञ्जबाट थप दुई जना वडाध्यक्षसहित दर्जनौँ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ । उनीहरुलाई सोमबार बालकोटमा एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।