१३ कार्तिक २०८३, शुक्रबार

आज उपत्यकामा थपिए १६ कोरोना संक्रमित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ जना कोभिड संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिए । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७४३ पुगेको छ ।

आज देशभर ३ हजार ७९ जना होम आइसोलेसनमा, ५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आईसीयूमा, र ५ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।