१३ कार्तिक २०८३, शुक्रबार

उच्च अदालतद्वारा एनआरएनएको निर्वाचन रोक्ने आदेश जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । गैरआवासीय नेपाली संघ (एनआरए) को १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

यसबारे छलफल गर्न अदालतले चैत ९ मा दुवै पक्षलाई बोलाएको छ ।