१३ कार्तिक २०८३, शुक्रबार

दुबईबाट आएका भारतीय नागरिकले मलद्वारमा लुकाएको एक किलो बढी सुनसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । दुबईबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई एक किलो बढी सुनसहित पक्राउ गरिएको छ ।

विशेष सूचनाको चैत ६ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक वर्ष ३८ शुभम मेहराले मलद्वारमा लुकाएको अवस्थामा एक किलो २६८ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

मेहराको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई विमानस्थलको सुरक्षा कार्यालयले उनलाई शौच गर्न लगाउँदा निजको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लास्टिक भित्र बेलनाकार बनाइएको अर्धठोस सुनको पोका दुई थान बरामद भएको हो ।

प्रहरीका अनुसार अन्दाजी.१ करोड ८ लाख ४९ हजार ६४२ बराबरको सुन भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।