३ मंसिर २०८३, बिहिबार

अभिनेता पल शाहले जबरजस्ती करणी गरेको राय प्रतिवेदन वकिल कार्यालयमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ७ चैत। अभिनेता पल शाहले एक नाबालिग गायिकामाथि जरबस्ती करणी गरेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा तनहुँ प्रहरीले सोमबार बुझाएको छ।

विहीबारसम्म मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले प्रहरीले सोमबार नै राय प्रतिवेदन बुझाएको हो। तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले प्रहरीको राय प्रतिवेदन प्राप्त भएको र जबरजस्ती करणीमा मुद्दा चलाउन उल्लेख गरेको बताएका छन्।

शाहविरूद्ध जबरजस्ती करणीको अर्को मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ। तनहुँ जिल्ला अदालतमा थुनछेक बहस भएपछि उनी नवलपुर जिल्ला अदालतमा हाजिर हुनुपर्छ।