
काठमाडौँ, ६ चैत । नेकपा एमाले टोखा नगरपालिकाले निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
आइतबार भएको प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण राई, विशेष अतिथि काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दिपक निरौला, कार्यक्रमका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य एवम टोखा नगर प्रमुख प्रकाश अधिकारी लगायतले स्थानीय निर्वाचन लक्षित प्रशिक्षण दिएका थिए ।
एमालेले राम्रो काम गरेकोले स्थानीय चुनाव जित्ने निश्चित रहेको नेताहरुले बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटी र शाखा कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया