
बागलुङ, १६ जेठ । वर्षासँगै परेको भारी असिनाले जिल्लाको पश्चिम गलकोट क्षेत्रमा नराम्रो असर पु¥याएको छ ।
किसानको खेतबारीमा लगाइएको कृषिबालीमा असिना पर्दा लाखौँ मूल्य बराबरको क्षति पुगेको बताइएको छ । बिहीबार अपराह्नपखतिर वर्षासँगै लगातार परेको असिनाले तरकारी बाली, फलफूल, खेतमा रोपाइँका लागि तयार पारिएको धानको बीउ लगायतका कृषिउपज नष्ट गरेको हटिया गाविसका अगुवा कृषक गुमानसिंह खत्रीले बताउनुभयो ।
गलकोट क्षेत्रको हटिया, हरिचौर, मल्म, नरेठाँटी, दुदिलाभाटी, काँडेबास लगायतका गाविसमा भारी वर्षासँगै असिना परेको खत्रीले जानकारी दिनुभयो ।













प्रतिक्रिया