
काठमाडौँ, ६ चैत । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई सोधपुछ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई साधारण सोधपुछपछि जिम्मा–जमानीमा रिहा गरेको छ ।
क्रिप्टोकरेन्सीको प्रचार गर्न तयार पारिएको विज्ञापनमा फोटो देखेपछि सीआईबीले कार्कीलाई सोधपुछका लागि बोलाएको थियो । उनी आइतबार काठमाडौँको महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन् ।
प्रहरीले नेपालमा क्रिप्टोकरेन्सी अवैध रहेकाले संलग्नहरुमाथि छानबिन भइरहेको जनाएको छ ।












प्रतिक्रिया