१३ कार्तिक २०८३, शुक्रबार

एक किलो पहेँलो पदार्थसहित पक्राउ, सुनको भएको आशंका

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ६ चैत । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुबम मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद उक्त पदार्थ सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ ।