१३ कार्तिक २०८३, शुक्रबार

झापामा पत्रकारिता तालिम आजदेखि सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ चैत । पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको उक्त तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्नुभएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी छन् ।

कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।–रासस