२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीले राज्यमन्त्रीलाई थर्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-Giriraj

नयाँदिल्ली, ८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै चर्चामा छन् । आफ्नै पार्टीका नेता तथा सरकारका राज्यमन्त्रीलाई थकाएर मोदी चर्चामा आएका हुन् ।

प्रतिपक्षी पार्टीका नेताको अलोचना गरेको भन्दै प्रधानमन्त्री मोदीले राज्यमन्त्री गिरिराज सिंहलाई कडा स्वाभावमा थर्काएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

मोदीले थर्काएपछि राज्यमन्त्री गिरिराज संसद भवनमा डाको छोडेर रोएका थिए । किन रोएको भनेर सञ्चारकर्मीले प्रश्न गर्दा उनले केही जवाफ दिएनन् । मोदीले थर्काएको कुरा पनि स्वीकार गरेका छैनन् ।

राज्यमन्त्री गिरिराजले केही दिन अगाडी कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धिको सार्वजनिक कार्यक्रममै आलोचना गरेका थिए ।

सोनियाको आलोचना गरेपछि मोदीले गिरिराजलाई संसद भवनमा बोलाएर कडा रुपमा थर्काएका हुन् । एजेन्सी