१३ कार्तिक २०८३, शुक्रबार

चुनाव सफल बनाउनु छ : महासचिव शङ्कर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ । मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “ अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।” कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गर्नुभयो । उहाँले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।–रासस