१३ कार्तिक २०८३, शुक्रबार

बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा ४ ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।