१३ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४०९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ३५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।