३० आश्विन २०८३, शुक्रबार

होण्डा मोटरसाइकल किन्दा १ लाख पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Honda

काठमाडौं, ८ बैशाख । मोटरकार बजारमा प्रतिष्ठित कम्पनी होण्डाको मोटरसाईकल खरिद गर्दा लक्की ड्र विजेतालाई १ लाख पुरस्कार प्रदान गरिएको छ ।

होण्डा कम्पनीले मोटरसाईकल खरिद गर्दा पाउने पहिलो हप्ताको लक्कि ड्र को १ लाख नगद पुरस्कार नुवाकोटका विजेता रमन श्रेष्ठलाई प्रदान गरेको हो ।

होण्डा बाइकको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ बर्ष २०७२ को अवसर पारेर सुरु गरेको न्यु इयर २०७२ अफर अन्तर्गत वैशाख महिना पहिलो हप्ताको १ लाख नगद श्रेष्ठले पाएका हुन् ।

स्याकार कम्पनीले सञ्चालन गरेको होण्डा नयाँ बर्ष अफर अन्र्तगत होण्डा कम्पनीका कुनैपनि बाइक वा स्कुटर किन्दा एउटा स्क्रयाच कुपन प्रदान गर्दै आएको छ । कुपनबाट तत्काल ४ हजार देखी १ लाख नगद छुट दिनुका साथै हप्ताभरी विक्रि भएका मोटरबाइक र स्कुटर कुपन मध्येबाट एकजना भाग्यमानिलाई लक्कि ड्र गरेर १ लाख नगद पुरस्कार दिने छ ।

डिआईओ स्कुटर खरिद गर्दा लक्कि ड्र मार्फत १ लाख रुपैयाँ पुरस्कार पाएका नुवाकोट बिदुरका श्रेष्ठलाई बालाजुमा रहेको कपुरी ब्रदर्शका प्रोपाइटर किरण कपुरीले एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरे ।

रमन श्रेष्ठले बालाजुको कपुरी ब्रदर्शबाट यही बैशाख ४ गते स्कुटर खरिद गरेका थिए । एक लाख नगद पुरस्कार जितेपछि श्रेष्ठले खुशी हुँदै किनेको स्कुटर उपहारमा बदलिएको प्रतिक्रिया दिएका छन् । श्रेष्ठले स्कुटर किन्दा स्क्रयाच कुपनबाट नगद ४ हजार रुपैयाँ छुट समेत पाएका थिए ।

स्याकार कम्पनीले विभिन्न चाडपर्व तथा उत्सवहरुमा होण्डका सवारी साधनमा विशेष छुट र अफर प्रदान गर्दै आएको छ ।

Honda-1 Honda-2Honda-3