१३ कार्तिक २०८३, शुक्रबार

रूकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । रूकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको थियो।

घाइतेको उपचारको लागि रूकुमकोट अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनाका घाइतेहरू पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षीय विरप्रताप बुढा र अर्का एक जना घाइतेलाई थप उपचारका लागि सुर्खेतहुँदै नेपालगञ्जतर्फ लैजान लागिएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन। चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।