काइरो, ८ वैशाख । इजिप्टको एक अदालतले प्रदर्शनकारीमाथि दुव्र्यवहार गरेको आरोपमा मङ्गलबार पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई २० वर्षको कारावासको सजाय तोकेको छ भने उहाँलाई मृत्युदण्डको निर्णय हुनसक्ने अभियोगबाट उत्मुक्ति दिइएको बताइएको छ ।
पूर्व राष्ट्रपति मोर्सीमाथि हाल अनेकौ मुद्दामा सुनुवाइ भइरहेको छ । काइरोको अदालतले मोर्सी सन् २०१२ मा राष्ट्रपति हुँदा उहाँले सङ्घर्षमा संलग्न भएको प्रदर्शनकारीलाई पक्राउ गर्ने आदेश दिएको भनी उहाँलाई दोषी प्रमाणित गरेको छ ।
यसै मुद्दामा अन्य १४ व्यक्तिमाथि पनि यस्तै प्रकारको अभियोग लगाइएको थियो । उनीहरू प्रायलाई पनि २० वर्षको कारावासको सजाय तोकिएको छ ।
अदालतले सन् २०१२ को डिसेम्बर ५ मा राष्ट्रपतिको निवासको बाहिरी भागमा एक पत्रकार तथा दुई प्रदर्शनकारीको हत्या गर्न उक्साएको भनी आरोप लगाइएका प्रतिवादीहरूलाई भने उन्मुक्ति दिएको छ ।
प्रतिवादीका वकिलहरूले आफूहरूले यस विषयमा पुनरावेदन दिने बताएका छन् । रासस/एएफपी
















प्रतिक्रिया