
काठमाडौँ, ४ चैत । हाँस्य कलाकार पल्पसा डंगोललाई नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
हाल पल्पसा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् ।
उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । डंगोलको भाइ पर्ने अज्जु डंगोलले मृगौला दान गरेका थिए ।
कलाकार डंगोललाई अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जनाएका छन् ।
पल्पसाले कला क्षेत्रमा लामो योगदान गरेको भन्दै संघले सहयोग गरेको हो ।
रकम प्रदान गर्न कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, संघका अध्यक्ष रविन्द्र खड्कासहित कलाकर्मीहरुको एउटा समूह अस्पताल पुगेको थियो ।












प्रतिक्रिया