१४ कार्तिक २०८३, शनिबार

कर्णालीमा रितिँदै माधव नेपालको पार्टी, प्रदेश नेताहरुसहित सयौँ कार्यकर्ता एमाले प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३ चैत । कर्णाली प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटीका दुई नेताहरुसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीले विभिन्न प्रलोभनमा पारी एमालेबाट गएका नेताहरु पुनः एमालेमै फर्किन थालेका छन् ।

यसै क्रममा समाजवादीका प्रदेश कमिटीका २ जना सदस्यसहित दर्जन बढी नेता तथा सयौँ कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

बिहीबार एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका कर्णाली प्रदेश सदस्य एवं वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटी सदस्य जागुराम चौधरी सहितको टोली एमालेमा प्रवेश गरेको हो ।

उनीहरुलाई एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कंडेलले पार्टीमा स्वागत गरेका छन् ।

समाजवादीकै जिल्ला कमिटीका विमला थापा, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत डेढ सय बढी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेको विकल्प अन्य पार्टी नभएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।