
काठमाडौं, १ चैत । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरू उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।
मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा चार जना विद्यार्र्थीले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।
‘विद्यार्थीहरूले प्राप्त गरेको यो अविश्वसनीय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व छ,’ ए लेभल्सका प्रमुख राजन कुमार राईले भने, ‘यो पुरस्कार प्राप्त गर्न धेरै मेहनत र इमानदार प्रयास चाहिन्छ, र हामी यस्ता प्रतिभाशाली विद्यार्थीहरू पाउँदा भाग्यशाली महसुस गर्छौं ।’















प्रतिक्रिया