१४ कार्तिक २०८३, शनिबार

बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पूर्वबाट एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ ।

घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरोले हिर्काएकी थिइन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिंहको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको छ ।