१४ कार्तिक २०८३, शनिबार

सुन तोलाको एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् ।