६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा उछाल, एकै दिन १०१ अंकले बढ्यो नेप्से, करिब ५ अर्बको कारोबार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । निरन्तर ओराले लागेको शेयर बजार साताको पहिलो दिन आइतबार १०० बढी अंकले बढेको छ ।

आजको दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १६ अंकले बढेको छ । विभिन्न कम्पनीका ९० लाख २२ हजार बढी कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड बढीको कारोबार भएको छ ।

आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् ।