नयाँदिल्ली, ८ चैत । प्रायः नेताहरु गाडी तथा जहाजहरुमा यात्रा गर्न मनपराउँछन् । सुरक्षाका हिसाबले पनि गाडी तथा जहाजको प्रयोग गर्ने गरिन्छ । तर, जनताका घरघरमा पुग्न नेताले पैदल यात्रा अथवा साइकल चढेर जाँदा मन जित्न सकिन्छ ।
जनताले पनि त्यसो गर्दा नेतालाई विश्वास गर्छन् । तर, हाम्रो देशमा त्यस्तो चलन छैन् । जहाँ कहिल्यै पनि नेता, सभाषद् साइकल चढेको सुनिएको छैन् । तर, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका सभाषद् साइकल चढ्दै गाउँ गाउँ घुमिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी प्रख्यात भइरहेका बेला सभाषद्हरु पनि जनताको प्यारो बन्न साइकल चढेर गाउँ गाउँ पुग्ने गरेका छन् । आइतबार भारतीय जनता पार्टीका सभाषद् अर्जुन राम मेघवाल गाउँ गाउँ घुम्दै साइकल चढेर संसद भवन गएका थिए ।
मेघवालको यो कदमको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले अन्य सभषद्हरुलाई पनि साइकल चढ्न निर्देशन दिएका छन् । उनले कम्पतीमा पनि हप्ताको एक दिन साइकल चढेर जनताका समस्या बुझ्न निर्देशन दिएका हुन् । पछिल्लो समय लोकसभा भुमीअधिग्रहण सम्बन्धी विल संसदबाट पारित गराउने विषयमा भारतमा विवाद बढेको छ ।
यता नेपालमा भने अहिले सम्म कुनै पनि सभाषद्ले साइकल चढेर जनतासँग भेटघाट गरेको सुनिएको छैन् । नेता सभाषद्हरु गाडी चढेर कार्यक्रम उद्घाटनमा घुमिरहेका छन् । प्रधानमन्त्री उपचार गर्न भनेर जहाजमा विदेश उडिरहेका छन् । एजेन्सी
















प्रतिक्रिया