
काठमाडौँ, २८ फागुन । सानिमा बैंक र स्प्यारो पे प्रा. लि(खल्ती)बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्गमार्फत चेक आउट गर्न सक्नुहुनेछ ।
बैंक कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्प्यारो पे प्रा.लि.(खल्ती)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंककातर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख बिक्रम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे ।
सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।















प्रतिक्रिया