६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा ५२ अंकले बढ्यो, कारोबार रकम भने ३ अर्ब कम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार आएको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से ५२.३१ अंकले बढ्दै २५६६.९० मा पुगेको छ ।

आजको दिनमा अधिकांश कम्पनीहरुले कमाएका छन् । बिहीबार विभिन्न कम्पनीका ५६ लाख बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ ।

निरन्तर घटेको नेप्से बढेपछि लगनीकर्तामा उत्साह जागेको छ ।