६ कार्तिक २०८३, शुक्रबार

दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २५ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछामको चौरपाटी गाउँपालिका–१ सिउँडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलमलगायत स्टेसनरी सामग्री सहयोग गरेको हो । सोही अवसरमा संस्थाले विद्यालयलाई नगद रू. ५० हजार पनि सहयोग गरेको छ ।

त्यसैगरी संस्थाले सोमबार नै चौरपाटी गाउँपालिका वडा नं. २ सोकटस्थित गौरीशंकर आधारभूत बिद्यालयमा कक्षा १ देखि ३ सम्मका ८६ जना विद्यार्थीहरूलाई पनि झोला, कापी, कलम लगायत सामग्री र विद्यालयलाई नगद रू. १ लाख सहयोग गरेको छ ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विकट स्थानमा रहेका विद्यालयमा अध्यनरत बालबालिकालाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जयबहादुर साउदले उक्त सहयोग सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवीका साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपाने, सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उपप्रादेशिक कार्यालय प्रमुख तेजबहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटकबहादुर शाहलगायत कर्मचारीको उपस्थिति थियो । – कटकबहादुर शाहबाट