६ कार्तिक २०८३, शुक्रबार

इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको सेवा प्रयोग गरि शून्य शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ ।

यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म ३ महिनासम्म चालु रहनेछ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १०,००० बढी भुक्तानी केन्द्र तथा ५,००० बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउनु हुने व्यक्तिको हातसम्म पुग्नेछ ।

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु. २५,००० सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोवारलाई प्रोत्साहन गर्न यस “शून्य शुल्कमा रेमिट्यान्स” सेवाले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेड्मी ९आई स्मार्ट फोन दिने योजना समेत ल्याएको छ ।

त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न देखि दुरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १०, ००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।