१५ कार्तिक २०८३, आइतबार

एमसिसीमा हाम्रो दललाई छलफल गर्ने मौका नै दिइएन : अध्यक्ष ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । संसद्‌मा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्ने क्रममा छलफल तथा मतदानमा सहभागी नभएको नेकपा एमालेले अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ।

नेकपा एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले भने- ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बासंरेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक छ।’

नेकपा एमालेलाई संसदमा छलफल गर्ने मौका नै नदिइएको आरोप पनि अध्यक्ष ओलीले लगाए। राष्ट्रिय महत्त्वको एमसिसीजस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको अध्यक्ष ओलीले आरोप लगाएका छन्।