५ कार्तिक २०८३, बिहिबार

दमासकस मलमा आगलागी, पाँच जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमासकस, १७ फागुन । सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ ।

अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,“ साना समाचार समितिले थप जानकारी दिएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । सरकार समर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ ।

एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो । आगोले हरेक तल्लालाई घेरेको देखिन्छ ।–रासस