१५ कार्तिक २०८३, आइतबार

घरघरमा धारा पुगेपछि स्थानीय खुशी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विवि श्रेष्ठ

तनहुँ, १७ फागुन । लामो समयदेखि घण्टौ लाग्ने खानेपानीका लागि समय व्यतित गर्नुपरेका स्थानीय बासिन्दाहरु घरघरमा खानेपानीको धारा उपलव्ध भएपछि खुशी भएका छन् । मानवजातिको महत्वपुर्ण खानेपानी लिन घण्टौ टाढा पुग्नुपर्ने अवस्थाबाट घरघरमा खानेपानी आएपछि खुशी भएका हुन् ।

भानु नगरपालिका वडा नं ५ मैवलका स्थानीय जनताहरु गण्डकी प्रदेश सरकार अन्र्तगत आधारभूत खानेपानी योजनाअन्तर्गतको कार्यक्रमअन्र्तगत एक घर एक धारा कार्यक्रम सम्पन्न भएपछि स्थानीय जनता खुशी भएका हुन् ।

भानु ५मा रहेको पोखरीथोक–कोलग्रैही गोहीखोला खानेपानी २०७७ असारमा शुरु भएर हाल सम्पन्न भएको योजनका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारवाट १ करोड २ लाख ४२ हजार ६ सय रुपैयाँ कुल लागत रहेको खानेपानी योजना सम्पन्न भएसँगै ७० घरधुरीका ४९० जना जनताहरु लाभान्वित हुने योजनका अध्यक्ष चिजामाया विकले बताईन् । कोलग्रै्रहा गोहीखोलाको पानी लिफिटिङ प्रणालीमार्फत भण्डारण गरि खानेपानी वितरण गरिएको हो ।

घरघरमा खानेपानीको धारा आएपछि दैनिकी नै परिवर्तन भएको स्थानिय अगुवा राजु श्रेष्ठले वताए । खानेपानी नहुँदा दैनिक जीवन नै पानीको जोहोका लागि व्यतित गर्नुपर्ने समस्यावाट मुक्त भएका छौ, यसले गर्दा जनतामा खुशी छाएको छ, स्थानिय अगुवा राजुश्रेष्ठले वताए ।

परिवारको एउटा सदस्य सधै खानेपानीको आपुर्तिका लागी दैनिकी खर्चिनु परेको थियो, खानेपानी घरघरमा आएपछि ठुलो समस्या समाधान भएको सचिव श्रेष्ठले वताए ।