१५ कार्तिक २०८३, आइतबार

छिमेकीविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको प्रतिवद्धता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । सरकारले मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीनलगायतका मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो ।

बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप यस्तो प्रतिवद्धता गरेको सरकारका प्रवक्ता एवम् सञ्चारकर्मी ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ’ मन्त्री कार्कीले भने ।

आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँगै अर्को शक्तिशाली छिमेकी चीनलाई आश्वस्त बनाउन सरकारले यस्तो प्रतिवद्धता सार्वजनिक गरेको हो ।