
काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विरोध गरिरहने भए पार्टी छोडेर जना धम्की दिएका छन् ।
एमसीसीविरुद्ध खरो रुपमा प्रस्तुत भएका श्रेष्ठलाई प्रचण्डले कि एमसीसीको समर्थन गर्नुपर्ने वा पार्टी छोड्नुपर्ने बताएका छन् ।
माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रचण्डले राष्ट्रघात गरेको भन्दै एमसीसीको कडा प्रतिवादमा उत्रेका छन् ।
आजको पत्रकार सम्मेलनमा एमाले–माले बिभाजनपछि बामदेव गौतमको अवस्था र नेमिकिपाको प्रसंग निकालेर अव एमसीसीको बिरोध नै गरिरहने भए पार्टीमा नबस्न नारायणकाजीलाई धम्की दिए ।
‘नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ । सबै एकै मत हुनुपर्छ भन्ने छैन । तपाईंको विचारलाई सम्मान पनि गरिन्छ । केन्द्रीय कमिटीको बैठक आउँदै छ । कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस,’ पत्रकार सम्मेलनमा प्रचण्डको भनाई थियो ।












प्रतिक्रिया